मुख्य समाचार

अनेरास्ववियुद्वारा पोखरामा प्रधानमन्त्रीको पुतला दहन

putla dahan

२५ कात्तिक, पोखरा । पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् ।

बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।

महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए । उनले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे ।

उनले मूल्य वृद्धि फिर्ता नलिए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *