समाचार

५० लाख ठगी गरेको आरोपमा एक पक्राउ

icrc

२५ कात्तिक, काठमाडौं । आफूलाई रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक भन्दै विभिन्न व्यक्तिबाट ५० लाख ठगेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय भारतीय नागरिक शिवम विरुमुथु चेटियार रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा उनले आफूले नेपालस्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयर होल्डरहरूसँग कुराकानी भई सम्झौता गर्नका लागि सम्झौतापत्र तयार गरेको, झुठो विवरण पेश गरेको पाइएको छ ।

उनले नेपाली नागरिकको नागरिकता प्रयोग गरी बैंक खातासमेत सञ्चालन गरेको खुलको छ । उनले अस्पतालमा साझेदार बनाउने भन्दै विभिन्न व्यक्तिबाट ५० लाख ठगी गरेको पाइएको हो । महाशाखाका अनुसार उनी यसअघि पनि २०७२ सालमा वैदेशिक रोजगार सम्बन्धी कसुरमा दुई वर्ष जेल सजाय पाइसकेका व्यक्ति समेत हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस