मनोरञ्जन ताजा समाचार

फागुन २७ मा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

puja-sudarshan-samhalinchha

२७ कात्तिक, काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

फिल्मको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमलाई रोमान्टिक अन्दाजमा उतारिएको छ । बेलायत र नेपालमा छायाँकन भएको फिल्म सुदर्शन थापाले निर्देशक गरेका हुन् ।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माता, सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

फिल्म हेर्न आतुर दर्शकको मनोविज्ञान बुझेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको निर्देशक थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *