समाचार

जनगणनामा सहभागी हुन सभामुखको आग्रह

agni sapkota

२७ कात्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनगणनामा सहभागी हुन आग्रह गरेका छन् ।

जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन उनले सबैमा आह्वान गरेका छन् । सभामुख सापकोटाले १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा आज विहान लैनचौरस्थित निवासमा पुगेको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराएका थिए ।

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस