
२७ कात्तिक, काठमाडौं । नेपालमा थप २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार २४३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २९५ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा २६० र तीन हजार १८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४७८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ९७ हजार ९२६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार २७८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस