विश्व/प्रवास

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उमेदवारी दिने

philipins

२७ कात्तिक, काठमाडौं । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने भएकी हुन् ।

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सीएमडी पार्टीको तर्फबाट उनले उमेदवारी दर्ता गराएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

“सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न आवश्यक कागजपत्रहरू आफ्ना प्रतिनिधिमार्फत पठाएर उममेदवारी दर्ता गराउनुभएको छ । अब उहाँले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भनेकी छन् ।

उमेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उमेदवारी दर्ता गराएकी हुन् । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उमेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।

उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुने गरी राष्ट्रपतिमै प्रतिस्पर्धा गर्ने तयारी गरे पनि मापदण्ड पूरा नभएकाले अहिले उपराष्ट्रपतिमा उमेदवारी दिएकी हुन् । आफूले जनताले चाहेअनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस