समाचार

रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु

car accident

२८ कात्तिक, रौतहट । रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु भएको छ । गएराति अमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक कार दुर्घटना भएको हो ।

चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने उक्त सडखण्डमा  यूके १२ सी २९०० नम्बर प्लेटको कारमा सवार चार जना भारतीय नागरिकको मृत्यु भएको प्रहरी उपीक्षक दिनेश घिमिरेले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथमा भएको आईडी कार्डको आधारमा भारतीय नागरिक रहेको पहिचान गरेको हो । यद्यपि, उनीहरुको सनाखत हुन सकेको छैन । प्रहरीले घर परिवारलाई जानकारी गराइसकेको छ ।

उनका अनुसार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । चारैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

दुर्घटनामा परेको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेन लगाएर निकालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *