
२८ कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्को चोकनजिकै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ललितपुरकै लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको हो ।
गए राति करिब पौने १ बजे ग्वार्को–इमाडोल सडकखण्डमा रहेको पुलमाथि वाग्मती प्रदेश–०२–०२६ प ८१५५ नम्बरको स्कुटरका चालक बुढाथोकी घाइते अवस्थामा फेलापरेका थिए । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा गए राति नै उनको मृत्यु भएको हो ।
स्कुटर आफैँ अनियन्त्रित भई पल्टिएको वा अन्य सवारीसाधनले ठक्कर दिएको भन्नेबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस