समाचार

मुस्ताङमा हिमपहिरो, ११ जना घाइते

mustang himpahiro

२८ कात्तिक, काठमाडौं । मुस्ताङमा हिमपहिरो जाँदा आज ११ जना घाइते भएका छन् ।

हिमपहिरो आएको देखेर भाग्न खोज्दा उनीहरू घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मानापाथी हिमालबाट हिमपहिरो जाँदा मुस्ताङको कोबाङ क्षेत्रमा क्षति पुगेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ११ जना घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए ।

‘नजिकैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही घरका छाना उडेका छन् । पशुचौपाया हराएका छन् । विस्तृत क्षतिको विवरण आउन बाँकी छ,” उनले भने । उनका अनुसार आज बिहान करिब ११ बजेर ४० मिनेटमा हिमपहिरो गएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस