समाचार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिए जिपलाइनको मजा

Ganesh Timalsina

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना धुलिखेल पुगेर ‘धुलिखेल जिपलाइन’मा जिपलाइनको मजा लिएका छन् । संसदिय रिपोर्टिङ गर्ने पत्रकारहरुकालागी आयोजना गरिएको एक कार्यक्रमको शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ ।

सिन्धुपाल्चोकका केदार थापा (३८बर्ष) (अध्यक्ष) र काठमाडौका भुपेश श्रेष्ठ (२९ बर्ष)ले वल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि  ११ सय मीटर रहेको छ ।

भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ । काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ । तस्बिर: ब्रह्माकान्त घिमिरे

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस