२८ कात्तिक, काठमाडौं । नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९६०६ जनामा कोरोना परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ८००८ जनाको पिसिआर र १५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
योसँगै अहिले नेपालमा ७२१५ जना सक्रिय संक्रमित छन् । यस्तै आइतबार ३४८ जनालाई कोरोना संक्रमणबाट निको भएको छ । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस