२८ कात्तिक, काठमाडौं । माछापुछ्रे बैंकले कार्डविना पैसा झिक्न सकिने सुविधा ल्याएको छ ।
हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकले अब मोबाइल बैंकिङ सेवा उपयोग गरी ‘कार्डलेस वीथड्रवल’ सुविधा प्रयोग गरी एटीएमबाट पैसा झिक्न सक्नेछन् ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस