समाचार

ओखलढुंगामा जिप दुर्घटना, तीनजनाको मृत्यु

accident

२९ कात्तिक, काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आज बिहान सुनकोसी गाउँपालिका–९, काँडेभञ्याङमा प्रदेश ३–१०२२–च९६९४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट तल खसेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेका अनुसार सिद्धचरण नगरपालिका–१० का विष्णुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चारजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *