समाचार

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

gold today price in nepal

२९ कात्तिक, काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार ९४ हजार ६०० र तेजाबी सुनको मूल्य ९४ हजार १०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय ८० रुपैयाँ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *