समाचार

कांग्रेस ‘थोत्रो पार्टी’ भइसक्यो : ओली

KP Oli

२९ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस ‘थोत्रो पार्टी’ भएको बताएका छन् । धनकुटामा आयोजित कार्यक्रममा उनले आफ्नो दुई तिहाइको सरकार ढालेर कांग्रेसको पछि लागेको भन्दै तत्कालीन नेकपाका नेताहरूसँगसमेत आक्रोश पोखे ।

“नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो । नेपाली कांग्रेसको पछि लाग्ने कस्तो होलान् विचार गर्नुस् त । आफ्नो दुई तिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछि लागेर सरकारमा सामेल हुने कस्तो बुद्धि होला तिनीहरूको ?,” उनले भने ।

उनले एमाले प्रवेश गरेका नेताहरूलाई पछुताउने अवस्था नआउने समेत बताए । कार्यक्रममा ओलीले सहिदहरूको सपना एमालेले साकार पार्ने दाबी समेत गरे । मौका पाउने बित्तिकै एमालेले विकास गरेर देखाएको उनको दाबी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस