
२९ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
आज परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ कायम भएको छ । सोमबार कारोबार भएका कम्पनीहरूमध्ये १६२ वटाको मूल्य बढेको छ । २० कम्पनीको मूल्य कम भएको छ भने चार कम्पनीको मूल्य स्थिर छ ।
अंक उकालो लागे पनि कारोबार रकम खास बढेको छैन । आज चार अर्ब ७३ करोड बढीको कारोबार भएको छ । आज दुई कम्पनीको दस प्रतिशत मूल्य बढेको छ । बोटलर्स नेपाल र मानुषी लघुवित्तको १० प्रतिशत मूल्य बढेको हो ।
प्रतिक्रिया दिनुहोस