समाचार

‘नेपाल बन्द रहर नभई बाध्यता हो’ : विप्लव नेकपा

biplav

२९ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको बताएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा पार्टीले सोमबार साँझ विज्ञप्ति जारी गरेर यस्तो बताएको हो ।

“सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको आन्दोलन हाम्रो मात्र नभई आमजनसमुदायको साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस