३० कात्तिक, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
कार्तिक महिनाको अन्तिम दिन सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन भने सुनको मूल्य ३०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा झरेको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २९० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार भने चाँदीको मूूल्य ओरालो लागेर प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस