समाचार

तनहुँमा ११ जना जुवाखालबाट पक्राउ

juwa Newroad

३० कात्तिक, तनहुँ । तनहुँमा ११ जना जुवाखालबाट नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दे गाउँपालिका–४ फलाम्दी स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा नगद ४५ हजारसहित ११ जनालाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जुवा– तास खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १६ थान कौडा, नगद सहित पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस