
१ मंसिर, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आकर्षक लाभांश घोषणा गरेको हो ।
कम्पनीले २५ प्रतिशतका दरले हुन आउने ५० करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतका दरले हुन आउने ४ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समिति र आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस