सुनचाँदी

कति छ आज सुनको मूल्य ?

gold shop

२ मंसिर, काठमाडौं । बिहीबार सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।

गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस