समाचार

माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

accident

३ मंसिर, काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल बिहान करिब साढे २ बजे अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस