३ मंसिर, काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य पाँच रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९३ हजार ९०० कायम भएको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस