३ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । नेृपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले गृहमन्त्री खाँणसँग सिंहदरबारस्थिति गृहमन्त्रीको कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल-अमेरिका सम्बन्ध र साझेदारी, कोभिड महामारीमा भएको सहयोग, नेपालको विकासका प्राथमिकता र सामाजिक तथा आर्थिक विकाशमा अमेरिकी सरकारले गरेको सहयोग तथा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनको असर र समाधानका लागि गर्नुपर्ने कामका विषयमा छलफल भमएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस