
३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९६ कोरोना संक्रमित थपिएका छन् । आठ हजार ९७२ वटा नमुनाको परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ । त्यस्तै आज ३६९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस