समाचार

रोजगार भिसामा बेलायतले १० हजार नेपाली नर्स माग्यो

nurse

३ मंसिर, काठमाडौं । सरकारले रोजगारीका लागि १० हजारजना नेपाली नर्सलाई बेलायतमा पठाउने तयारी गरेको छ । नर्स पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहकार्य अगाडि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

यस विषयमा बेलायत सरकारसँग नेपालले सम्झौता गर्ने तयारी गरिरहेको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

दुई देशबीच सम्झौता भएमा सन् २०२२ को मध्यतिर बेलायतमा नर्सलाई पठाउन सकिने मन्त्रालयको अनुमान छ । बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुनेछ । साथै बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा पनि हुनेछ ।

बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस