४ मंसिर, काठमाडौं । विराटनगरस्थित मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।
विराटनगर–१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुनः समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।
शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछि परिवार बोलाएर बिहान १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याइएको थियो ।
तर, कारागार ल्याएपछि पुनः समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार बिहान उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख पोखरेलले बताए । मोरङ कारागारमा एक साता अघि पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस