विश्व/प्रवास

अष्ट्रियामा पूनः लकडाउन घोषणा, सोमबारदेखि लागू हुने

austria lockdown

४ मंसिर, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै अष्ट्रियाले देशव्यापी पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । केही दिनअघि खोप नलगाएका मानिसका लागि मात्र लकडाउनको घोषणा गरेको अष्ट्रियाले संक्रमण नरोकिएको भन्दै आगामी सोमबारदेखि पूर्ण रूपमा सबैलाई लकडाउनको घोषणा गरेको हो ।

यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले बताएका छन् । पछिल्लो समय अष्ट्रियासँगै समग्र युरोपमा कोरोना संक्रमण फैलिइरहेको छ । धेरै युरापेली मुलुकले संक्रमण बढेसँगै प्रतिबन्धका नियम पनि ल्याइरहेका छन् । ‘हामी कोरोनाको पाँचौं लहर आओस् भन्ने चाहँदैनौं’, स्केलेन्वर्गले भने ।

यस्तै कोभिड–१९ विरुद्धको खोपलाई पनि अनिवार्य बनाइने उनले भनेका छन् । आगामी फेब्रुअरीदेखि अष्ट्रियामा कोरोना खोप लगाएको प्रमाण आवश्यक कानुनी प्रक्रिया हुने उनले बताएका छन् । उनले पछिल्लो केही समययता अष्ट्रियामा कोरोना खोप लगाउने मानिसको संख्या पनि बढेको बताएका छन् । अष्ट्रिया युरोपमा सबैभन्दा सुस्त कोरोना खोप अभियान चलाउनेमध्येको एक मुलुक हो ।

पछिल्ला केही सातामा अष्ट्रियामा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको पाइएको छ । पछिल्लो एक सातामा अष्ट्रियामा १ लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्री वोल्फागांग मक्सस्टेनले लकडाउनको विकल्प नभएको बताएका छन् । सीमा नाकाहरुमा कडाइ गर्नुका साथै सर्वसाधारणलाई हिँडडुलमा पनि कडाइ गरिएको छ । सार्वजनिक स्थल, क्लब, डिस्को र पबहरु सञ्चालनमा पनि रोक लगाइएको समाचारमा जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस