
४ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् ।
शनिबार सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४औँ साधारणसभा तथा सातौँ केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेको भन्दै शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
शिक्षण संस्थाले बालबालिकालाई प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा लगानी गर्न मन्त्रालय तयार रहेको उल्लेख गरे । बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले महत्त्वपूर्ण योगदान गरेको भन्दै मन्त्री पौडेलले दिगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन मन्त्रालय सहकार्य गर्न तत्पर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस