समाचार

प्रचण्ड र विप्लवबीच भेटवार्ता

Biplab prachanda

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

माओवादी केन्द्र र विप्लव नेतृत्त्वको नेकपाबीच केही समय यता पार्टी एकताका विषयमा छलफल हुँदै आएको छ । यसकै निरन्तरता स्वरुप आज पनि भेटवार्ता भएको स्रोतको भनाइ छ ।

आजको भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको छ । पार्टी एकताका लागि केही समय लागे पनि सहकार्य भने गर्न सकिने विषयमा छलफल केन्द्रित भएको स्रोतले बतायो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस