समाचार

थप २४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

dang corona vaccine

४ मंसिर, काठमाडौं । नेपालमा थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार १३६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २४२ जनाको नतिजा पोजिटिभ आएको हो ।

चार हजार १४५ नमुनाको पीसीआर परीक्षण गर्दा २०९ र दुई हजार ९९१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एकजनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ९९ हजार ९८९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस