समाचार

सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री

Janardan Sharma

४ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा माओवादी पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा शर्माले सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्ने र सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्ने बताए । उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा उनले जोड दिए ।

उनले शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राखे । समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने पनि मन्त्री शर्माले बताए । हिमाल, पहाड, तराई/मधेस, कर्णाली, दलित, जनजातिलगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको भन्दै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा राखे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस