समाचार

काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदै

covid vaccine

५ मंसिर, काठमाडौं । काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै छ ।

यसअघि, १२ वर्षमाथिका दीर्घरोगीलाई दिइएको खोप आइतबारदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो । दीर्घरोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो ।

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइँदै छ भने छ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप दिइँदै छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस