समाचार

सुनचाँदीको मूल्य उकालो लाग्यो, ताेलाकाे कति ?

gold

६ मंसिर, काठमाडौं । सुनचाँदीको मूल्य उकालो लागेको छ । मंसिर ६ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ ।

सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच हुँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस