
६ मंसिर, काठमाडौं । स्याङ्जाको ज्याग्दीखोला (कालीगण्डकीको सहायक नदी) को किनारमा अवस्थित चिन्नेवासमा दुई दिवशीय साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलन ज्याग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको थियो ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यमा सम्पन्न साहित्य सम्मेलनमा साहित्यकार दिल साहनीलाई ‘विश्वराधा नेत्र पुरस्कार’ तथा चितवनका इश्वरी ओझालाई ‘ज्याग्दीखोला साहित्य सम्मान’ प्रदान गरिएको थियो ।
सम्मेलनमा स्वदेशका सातै प्रदेश र भारतका विभिन्न स्थानबाट गरी ११६ जना साहित्यकारहरूको सहभागिता रहेको थियो । ज्याग्दीखोला साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा. जगदिशचन्द्र भण्डारीले ‘गणतन्त्र प्राप्ति पछिका कविता’बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा.डा.यदुनन्दन उपाध्यायले ‘गण्डकी प्रदेशका कविताको इतिहास’ प्रस्तुत गरेका थिए ।