समाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

accident

७ मंसिर, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–४, राजिपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा साइकलयात्री स्थानीय ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका मोटरसाइकल चालक गौरीगंगा–८ का ३७ वर्षीय तिलकबहादुर बोहोरा र पछाडि सवार गौरीगंगा–११ का ४८ वर्षीय गोरखबहादुर बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ करिब ५ बजे सुदूरपश्चिम प्रदेश ०१ ००९ प २९०० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको अस्थायी प्रहरी पोस्ट राजिपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस