समाचार

ह्वातै घट्यो सुनको मूल्य, तोलाको कति ?

gold shop

७ मंसिर, काठमाडौं । आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो, छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेसँगै प्रतितोला मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस