विश्व/प्रवास

गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

fire

७ मंसिर, काठमाडौं । बुल्गेरियामा एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बोस्नेक गाउँ नजिक स्थानीय समयअनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको जनाइएको छ ।​

बुल्गेरियाको गृहमन्त्रालय अन्तर्गत अग्नि नियन्त्रण विभागका प्रमुख निकोलाइ निकोलोभका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उक्त बस टर्कीबाट उत्तरी मेसेडोनियातर्फ गइरहेको थियो ।

बसमा यात्रा गरेकामध्ये धेरैजसो उत्तरी मेसेडोनियाका नागरिक रहेको जनाइएको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *