समाचार

अब नेपाल र भारत दवैतर्फको खोप दुवै देशमा मान्य हुने

nepal india

७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतसँग समझदारी गरेको छ ।

मंगलबार स्वास्थ्यसचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरूलाई नेपालमा सहज हुने स्वास्थ्यसचिव डा. पोखरेलले जानकारी दिए ।

कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या नहोस् भनेर सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस