
७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जना कोभिड संक्रमित थपिएका छन् ।
१० हजार १७४ वटा नमुनाको परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।
त्यस्तै आज २७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३०० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस