समाचार

मुलुकको बजेट प्रणाली नै समस्याग्रस्त : अर्थमन्त्री

sharma

८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको बताएका हुन् ।

उनले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए । “आर्थिक पुजरूत्थानमा सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन । राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पूरा गर्ने प्रयास जारी छ,” उनले भने ।

राष्ट्र निर्माण र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको उनको भनाइ थियो । नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको उनले बताए ।

“हामीसँग साधन, स्रोत, पुँजी, श्रम र बजारको पनि समस्या छैन । समस्या व्यवस्थापन को हो । व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी बढीभन्दा बढी उपयोग गर्ने क्षमताको अभाव नै समस्या हो,” उनले भने, “निजी क्षेत्रले यही स्रोत–साधन प्रयोग गरेर सफल भए । तर, सार्वजनिक संस्थान सफल हुन सकेनन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस