समाचार

मनकामना केवलकार २४औँ वर्षमा प्रवेश, एक करोड ६० लाख यात्रुले पाए अहिलेसम्म सेवा

Manakamana

८ मंसिर, काठमाडौं । चितवन को– इ समूह अन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित देशकै पहिलो केवलकार आजदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ गतेदेखि यो केवलकार नियमित सञ्चालनमा आएको थियो ।

२४ वर्षको यस अवधिमा केवलकारमा १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिएको केवलकारले जनाएको छ ।

कम्पनीले यसै आर्थिक वर्षमा केवलकारको प्रविधिको स्तरोन्नति पनि गर्ने जनाएको छ । अहिले एनालग सिष्टममा आधारित यसलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी फागुनदेखि केवुलकारको टप स्टेशनसँगै रहेको ९ रोपनी जग्गामा ४० कोठा सुविधायुक्त रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस