समाचार

कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई सीआईटीले दियो एक करोड ६८ लाख

Cit

८ मंसिर, काठमाडौं । नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएकाको परिवारलाई हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको कोषले जानकारी दिएको छ । कोषले २०७८ साउन ५ सम्म कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई रकम उपलब्ध गराउँदै आइरहेको छ ।

हालसम्म कोरोनाबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचतवृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको कोषले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस