समाचार

सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

madhav nepal

८ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् । बुधबार जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।” एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको उनको टिप्पणी थियो ।

नेकपा (एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ । “नेकपा (एस)मा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहट भइरहेको छ,” उनले भने, “आगामी चुनावसम्म उनको हालत विचराजस्तो हुन्छ ।”

ओली दक्षिणको इसारामा चलिरहेको उनको आरोप छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस