समाचार

सप्तरीमा घाँटी रेटेर वृद्धको हत्या

Murder

८ मंसिर, सप्तरी । सप्तरीमा एकजना वृद्धको घाँटी रेटेर हत्या भएको छ ।

बुधबार छिन्नमस्ता गाउँपालिका ६ खुदिबखारी टोलमा घाँटी रेटेको अवस्थामा एक वृद्धको शव फेला परेको हो । सप्तरीको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले अन्दाजी ८० वर्षीय मिश्रिलाल मण्डलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जानकारी दिए ।

मृतक वृद्धको शव हाल ‘पोस्टमार्टम’का लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस