समाचार

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

holiday bida

९ मंसिर, बैतडी । यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो । बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ । यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस