समाचार

सर्वोच्च अदालतदेखि बालुवाटारसम्म बारको मार्चपास हुँदै

Nepal Bar Association

९ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले आज दिउँसो २ बजेदेखि सर्वोच्च अदालतबाट बालुवाटार प्रधानन्यायाधीश निवाससम्म मार्चपास गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको बारले बिहीबार  दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।

बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो, “प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेका हौं ।”

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “न्यायपालिकाको गरिमा कायम राख्नको लागि न्यायपालिका भ्रष्टाचारमुक्त बनाउनको लागि जुन आन्दोलन गरिरहेका छौँ, हाम्रो आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै नागरिक आन्दोलन, विभिन्न पेशाकर्मी, साथीहरुले संयुक्त रुपमा पर्सि यही सर्वोच्च अदालतको एरियाबाट बालुवाटार, किनभने यो बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आइराख्नु भएको छ, त्यो हटाउनको लागि अभियान सञ्चालन गर्न लागेका हौं ।”

उता बारले  १० देखि १२ सम्म अदालत परिसरमा गर्दै आएको प्रदर्शनलाई पनि निरन्तरता दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *