समाचार

सेबोनको अध्यक्ष सिफारिस समिति पुनः गठन हुने

SEBON

९ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समिति पुनः गठन हुने भएको छ । गएको कात्तिक पहिलो साता अर्थमन्त्रीस्तरीय निर्णयबाट बनेको सिफारिस समिति ऐनअनुसार नभएको भन्दै अब मन्त्रिपरिषद्ले नै सिफारिस समिति गठन गर्ने भएको हो ।

यसअघि, मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज  पौडेलको संयोजकत्वमा  अर्थसचिव मुधु मरासिनी र  विज्ञ सदस्य डा. नारायणप्रसाद पौडेल रहेकोको सिफारिस समिति गठन भएको थियो ।

धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा २ ले  ‘नेपाल सरकारले अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ’ भन्ने वयवस्था गरेको छ । दाफा ७ को उपदफा २ मा रहेको सोही व्यवस्थाको आधारमा उपदफा ३ मा भनिएको छ, “अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफाबमोजिम अध्यक्षको नियुक्ति हुनेछ ।”

सोअनुसार सिफारिस समिति गठन गरिनुपर्नेमा यसअघि मन्त्रीस्तरीय निर्णबाट गठन भएको हुँदा ऐनमा रहेको व्यवस्थबमोजिम मन्त्रिपरिषद्बाट सिफारिस समिति गठन भएर पुनः अध्यक्ष नियुक्तिका लागि आवेदन माग गर्न लागिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस