विश्व/प्रवास

इंग्लिस च्यानलमा डुंगा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

boat sink

९ मंसिर, काठमाडौं । फ्रान्सबाट बेलायततर्फ गइरहेको डुंगा इंग्लिस च्यानलमा डुब्दा एक बालिका र पाँच महिलासहित कम्तीमा २७ आप्रवासीको मृत्यु भएको छ । दुईजनालाई उद्धार गरिएको र एकजना हराइरहेका फ्रान्सका गृहमन्त्री गेराल्ड डर्मानियनले बताए । उनीहरूको पहिचान र डुंगा डुब्नुको कारण खुल्न सकेको छैन ।

यसअघि, ३१ जना मानिसको मृत्यु भएको जनाइएको थियो । तर, पछि यो संख्या सच्याइएको हो । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओए)ले सन् २०१४ मा तथ्यांक संकलन गर्न थालेयता यो सबैभन्दा ठूलो क्षति भएको जनाएको छ ।

यसैबीच, च्यानल पार गर्नबाट आप्रवासीहरूलाई रोक्न यूके र फ्रान्सले सबै विकल्पहरूमा छलफल गर्ने बताएका छन् । यूकेका प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले तस्कर गिरोहले ज्यान जोखिममा राखेको बताए ।

यसका लागि गिरोहलाई रोक्न सम्भव भएसम्म काम गर्न दुई नेता सहमत भएका छन् । यद्यपि, जोन्सनले आप्रवासीहरूलाई रोक्न थप काम गर्नुपर्ने बताए । जबकि म्याक्रोनले यस विषयलाई यूकेले राजनीतिकरण गर्न रोक्नुपर्ने बताए । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस