विश्व/प्रवास

रुसको एउटा कोइला खानीमा आगलागी हुँदा ११ जनाको मृत्यु

Russia Fire

९ मंसिर, काठमाडौं । रुसको एउटा कोइला खानीमा बिहीबार आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । अरू ४० भन्दा बढी घाइते भएका छन् । यस्तै, दर्जनौँ मानिसहरू फसिरहेको अधिकारीहरूले बताएका छन् ।

दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा आगलागी भएको हो । यो घटना हुने बेला २८५ जना खानीमा रहेका थिए । त्यसमध्ये २३९ जनाको उद्धार गरिएको र ४६ जना अझै फसिरहेका स्थानीय अधिकारीले बताएका छन् ।

४३ जनालाई अस्पताल भर्ना गरिएको र त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कोइलाको धुलोमा आगो लागेको र त्यो धुवाँले तुरुन्तै भेन्टिलेसन प्रणाली मार्फत् खानीलाई ढाकेको एक अधिकारीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार संस्था तासले जनाएको छ ।

खानीमा बाँकी रहेकालाई उद्धार गर्ने प्रयास जारी रहेको र धुवाँको ठुलो मुस्लोले गर्दा कठिनाइ उत्पन्न भएको बताइएको छ । रुसको अनुसन्धान समितिले मानिसको ज्यान जाने गरी सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा आपराधिक छानबिन सुरु गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस